ad ad

कारोबार


प्राधिकरणको इन्टरनेट विस्तारमा आधा प्रगति, सूचना महामार्गको काममा ढिलाइ

प्राधिकरणको इन्टरनेट विस्तारमा आधा प्रगति, सूचना महामार्गको काममा ढिलाइ

नेपालखबर
जेठ ४, २०७७ आइतबार १२:३१,

लकडाउनको अवस्थामा अनलाइन कक्षाको चर्चा चलिरहेको बेला नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकभर झण्डै ३ हजार समुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्‍याएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकभरका विभिन्न सरकारी तथा सामुदायिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने कार्यक्रमअनुसार २ हजार ९ सय ४८ माध्यमिक विद्यालयमा इन्टरनेट पुर्‍याएको हो।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर देशभरका ग्रामीण क्षेत्रअन्तर्गतका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्थाहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिरहेको छ। जसअन्तर्गत कुल ५ हजार ५ सय ९७ माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड पुर्‍याउने लक्ष्य छ।

यस परियोजनाअन्तर्गत २ हजार ६ सय ४९ वटा विद्यालयमा इन्टरनेट पुर्‍याउन बाँकी छ।

यसै कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालयसहित स्थानीय निकायको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु गरी १६ हजार ६ सय १ साइटमा ब्रोडब्यान्ड इन्टनेट पुर्‍याउने कार्य भइरहेको छ। जसमध्ये स्थानीय निकाय ७ सय १, वडा कार्यालय ५ हजार ९ सय ५२, माध्यमिक विद्यालय ५ हजार ५ सय ९७ र स्वास्थ्य संस्था ४ हजार ३ सय ५१ रहेका छन्।

यीमध्ये वैशाखसम्म ९ हजार ५ सय ३७ साइटमा ब्रोडब्यान्ड इन्टरनेट पुगिसकेको प्राधिकरणले जनाएको छ। जसमध्ये इन्टरनेट जडान भएका स्थानीय निकायको संख्या ४ सय ४१, वडा कार्यलय ३ हजार ६ सय १२, माध्यमिक विद्यालय २ हजार ९ सय ४८ र स्वास्थ्य संस्था २ हजार ५ सय ४६ रहेका छन्।

उक्त स्थानमा इन्टरनेट पु¥याउन प्राधिकरणले मुलुकभर १८ प्याकेज निर्धारण गरेर काम सुरु गरेको थियो। प्याकेजमध्ये ११ वटा प्याकेजअन्तर्गत नेटवर्क तथा कनेक्टिभिटी जडान भई ४१ जिल्लामा सेवा सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ।

साथै, ४ वटा प्याकेजहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको लागि सेवा प्रदाक छनौट भई नेटवर्क निर्माण कार्य भइरहेको छ। नेटवर्क निर्माण सम्पन्न भएका परियाजेनाहरुअन्तर्गत सञ्चालित ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर÷मापदण्ड तोकिएअनुसार रहे/नरहेको परीक्षण तथा अनुगमन कार्य भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले दोस्रो परियोजनाका रुपमा मुलुकभर सूचना महामार्ग पूर्वाधार निर्माणको काम पनि अगाडि बढाएको छ।

मध्यपहाडी लोकमार्ग भएर सबै जिल्ला सदरमुकामसम्म जोड्ने सूचना महामार्ग निर्माण गर्ने कार्यलाई तीनवटा प्याकेजमा विभाजन गरी कार्य अगाडि बढाएको छ।

यो कार्य सम्पन्न गर्न प्राधिकरणले प्याकेज एकमा प्रदेश १, २ र वाग्मतीको लागि नेपाल टेलिकमसँग सम्झौैता गरेको छ। त्यस्तै, प्याकेज २ मा गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा युनाइटेड टेलिकम र कर्णाली र सुदूरपश्चिमका लागि नेपाल टेलिकमसँग सम्झौता गरेको छ।

प्याकेज १ मा २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २ सय ४० किलोमिटर सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

प्याकेज २ मा युनाइटेड टेलिकमले २ वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि उसले कार्य गर्न नसकेकाले प्राधिकरणले ऊसँगको सम्झौता रद्द गरेको थियो। पछि युनाइटेड टेलिकम सर्वोच्च अदालत गएपछि अहिले उक्त मुद्दा विचाराधीन छ।

यस सम्झौताअनुसार प्याकेज १ मा टेलिकमले केही काम अगाडि बढाए पनि अन्य ठाउँमा शून्यप्रायः छ।

दुई वर्षमा कार्य सम्पन्न गर्ने भनिए पनि अहिलेसम्मको प्रगति सन्तोषजनक छैन।

विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण उक्त परियोजनामा समेत ढिला हुनपुगेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .