समाज


घरमै नमाज पढ्न मुस्लिम आयोगको आग्रह

घरमै नमाज पढ्न मुस्लिम आयोगको आग्रह

नेपालखबर
जेठ ४, २०७७ आइतबार १२:३४,

राष्ट्रिय मुस्लिम आयोगले ईद–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ।

मुस्लिम आयोगको आइतबार बसेको बैठक पछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरे। रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईद–उल–फित्रका दिन मस्जिद र मदरासामा गई सामुहिक नमाज पढ्ने गरिन्छ। यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो।

रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बिहरुले घरमै बसेर नमाज पढेका थिए। आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बिहरुलाई ईदका दिन सामुहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताए। उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गरे।

इस्लाम धर्ममा रमजानको एक महिना लामो ब्रत तोड्ने दिन ईद–उल–फित्र मनाउने गरिन्छ। यस दिन सामुहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ। ईदलाई आपसी सदभावको चाडको रुपमा पनि हेरिने गरिएको छ। यस वर्षको ईद–उल–फित्र आगामी आइतबार मनाईदै छ। रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरुले गर्दछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .