आज पनि सुनचाँदीकै मूल्य घटेको छ। बुधबार घटेको सुनचाँदीकै मूल्य आज पनि घटेको हो।
सुनको मूल्य तोलामा १८ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ७०० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार तोलामा आठसय रुपैयाँ घटेर सुनको भाउ ३ लाख ५ सय कायम भएको थियो।
त्यसअघि गएको मंगलबार सुनको मूल्य तोलामा १६ यस रुपैयाँ बढेको थियो।
त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ११० रुपैयाँ घटेर ५ हजार २० रुपैयाँमा झरेको छ। हिजो पनि चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
Shares

प्रतिक्रिया