दक्षिण कोरियामा नेपाली चियाको प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको छ।
दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार ‘नेपाली टि टेस्टिङ कार्यक्रम’ सम्पन्न गरेको हो।
दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा चिनाउन कार्यक्रम गरिएको बताए।
दूतावासका अनुसार कार्यक्रमका माध्यमबाट दुवै देशका चिया उद्यमीबिच अर्थपूर्ण संवाद भएको छ।
हिमालको काखमा उत्पादित नेपाली चियाको विशिष्ट गुणस्तर रहेको र कोरियाली बजारमा यसको उच्च सम्भावना रहेको राजदूत तुम्बाहाम्फेले बताए।
कार्यक्रममा ३० भन्दा बढी कोरियाली चिया आयातकर्ता तथा ६ जना नेपाली चिया उद्यमी सहभागी भएका थिए।
कार्यक्रम राष्ट्रिय चिया दिवसको सन्दर्भमा आयोजना गरिएको हो।
18
Shares

प्रतिक्रिया