राजनीति


निर्वाचन खर्चिलो र भड्किलो भएको ईओसी नेपालको निष्कर्ष

निर्वाचन खर्चिलो र भड्किलो भएको ईओसी नेपालको निष्कर्ष

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १२:२५, काठमाडौँ

निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल) ले निर्वाचन खर्चिलो र भड्किलो हुँदै गएको निष्कर्ष निकालेको छ। 

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ईओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीले निर्वाचनको प्रक्रियागत सुधार भए पनि उम्मेदवारले गर्ने खर्चको प्रवृत्तिमा भने कुनै कमी नआएको उनको भनाइ थियो। निर्वाचन आयोगले तोकेको खर्चको सीमा अव्यवहारिक रहेको उनले बताए। 

‘निर्वाचन आयोगले तोकेको ३० लाखको सीमाले उम्मेदवारहरूको वास्तविक खर्च धान्ने स्थिति देखिँदैन,’ सुवेदीले भने, ‘उम्मेदवारहरूले महिना दिनसम्म सयौँ कार्यकर्ता परिचालन गर्ने, सवारी साधन र इन्धनमा गर्ने खर्च हेर्दा वर्तमान कानुनी सीमा अपर्याप्त र अप्राविधिक देखिएको छ।’

अध्यक्ष सुवेदीले पर्यवेक्षणका क्रममा एउटै र्‍यालीमा ११७ वटा रिजर्भ गरिएका गाडी, ५३ वटा अटो र एक हजार तीन सयभन्दा बढी मोटरसाइकल प्रयोग भएको भेटिएको तथ्य प्रस्तुत गरे। निर्वाचनलाई भड्किलो र खर्चिलो हुनबाट जोगाउन संविधान र कानूनमै परिमार्जन आवश्यक रहेको उनको भनाइ थियो। 

त्यस्तै, विगतका निर्वाचनको तुलनामा यस पटकको निर्वाचन ऐतिहासिक रूपमा शान्तिपूर्ण, मर्यादित र निष्पक्ष भएको जनाएको छ। ३६ वटा राष्ट्रिय र तीन वटा अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले पनि यस निर्वाचनलाई धाँधलीरहित र भयरहित देखाएको उल्लेख गरेका हुन्। 

ईओसी नेपालले निर्वाचन खर्चका विषयमा छुट्टै विस्तृत अनुसन्धान प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको समेत जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad