नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को एक प्रतिनिधिमण्डलले अध्यक्ष सुनील केसीको नेतृत्वमा नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेको छ।
उक्त भेट नवनियुक्त परराष्ट्र मन्त्रीसँग निक्कीको पहिलो औपचारिक भेट हो र यस भेटमा ठोस रुपमा द्विपक्षीय संयन्त्रमार्फत नेपाल–भारत आर्थिक सम्बन्ध प्रवद्र्धन गर्ने विषयलाई केन्द्रमा राखिएको थियो।
निक्कीका प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष सुनील केसीले गर्नुभएको थियो भने यसमा उपाध्यक्ष कुणाल कयाल, महासचिव राजन शर्मा र कोषाध्यक्ष किरण मल्ल सम्मिलित थिए।
प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा एशियन पेन्ट्सका कन्ट्री डाइरेक्टर अभिमान बरारिया, नेपाल एसबिआई बैंक लिमिटेडका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, केयर रेटिङ्स नेपालका सीईओ आनन्द प्रकाश झा, डाबर नेपालका प्रतिनिधि सुमित्रा केसी खत्री, सांसद तथा गोल्डस्टार स्ट्राइड लिमिटेडकी कार्यकारी निर्देशक विदुषी राणा थिइन् भने संघ सचिवालयबाट निर्देशक मार्शल राठौर र कार्यकारी सचिव खुशी श्रेष्ठ सम्मिलित थिए।
निक्कीका अध्यक्ष सुनील केसीले मन्त्री खनाललाई उनको नियुक्तिमा बधाई दिँदै नेपालको परराष्ट्र नीति तथा आर्थिक कूटनीतिको सञ्चालनमा उनको नेतृत्वप्रति विश्वास व्यक्त गरे। उनले सन् १९९३ देखि एक प्रमुख द्विपक्षीय उद्योग वाणिज्य संघको रुपमा निक्कीले बिगतमा र बर्तमानमा निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी गराए। उनले नेपाल–भारत व्यापार सन्धि तथा नेपाल–भारत पारवहन सन्धिको विभिन्न नवीकरणका चरणहरुमा निक्कीको योगदानको वारेमा उल्लेख गरेको निक्कीले जनाएको छ।
प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणको समयमा नेपाल–भारत वाणिज्य तथा लगानी प्रबद्धनार्थ गरिनुपर्ने बिषयमा द्विपक्षीय एजेन्डामा समावेश गर्नका लागि प्रस्तावहरू पेश गरेको थियो। यसमध्ये प्रमुख थियो — भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजना गरिने सीईओ राउन्डटेबल, जसको उद्देश्य नेपाली व्यापारिक नेतृत्वलाई भारतका प्रमुख व्यावसायिक घरानाहरुमा प्रमुख कार्यकारी तथा सम्भावित लगानीकर्ताहरूसँग जोड्नु र सम्भावित परियोजना तथा लगानीका विषयमा छलफल गरिएको थियो।
प्रतिनिधिमण्डलले भारतमा नेपालको कूटनीतिक उपस्थिति विस्तार गर्न मुम्बई र बैंगलोर लगायतका प्रमुख स्थानहरुमा महावाणिज्यदूत कार्यालय वा व्यापार प्रतिनिधि कार्यालय स्थापना गर्ने प्रस्ताव गर्यो। यो सिफारिस वर्तमान व्यापार तथ्याङ्कमा आधारित छ — नेपालको निर्यातको करिब ८०∞ भारततर्फ जान्छ, ६०∞ आयात भारतबाट हुन्छ र करिब ८५∞ तेस्रो देशको व्यापार कोलकाता, हल्दिया र विशाखापत्तनम लगायतका भारतीय बन्दरगाहहरूमार्फत हुन्छ। निक्कीले परराष्ट्र मन्त्रालय, नेपाल सरकार र दुवै देशका सम्बद्ध मन्त्रालय तथा निजी क्षेत्रसँगको नजिक समन्वयमा नेपाल–भारत साझेदारी शिखर सम्मेलन (नेपाल–इन्डिया पार्टनरशीप समिट) आयोजना गर्ने लक्ष्य पनि राखेको पनि मन्त्री खनाललाई जानकारी गराइएको थियो।
प्रस्तावहरूमा निजी क्षेत्रको उल्लेखनीय सहभागिता सहित समर्पित आर्थिक कूटनीतिक संयन्त्रको सञ्चालन — निर्यात प्रवद्र्धन, लगानी प्रबद्र्धनका प्रचार र पर्यटन ब्राण्डिङमा केन्द्रित आवश्यक लगानी सहजीकरण तथा कूटनीतिक नियोगहरूसँग समन्वयका लागि परराष्ट्र मन्त्रालय अन्तर्गत विदेशी लगानीकर्ता परिषद् गठनको विषय पनि प्रस्ताव गरिएको थियो।
निक्कीले परराष्ट्र मन्त्रीलाई लगानी प्रवद्र्धन, व्यापार सहजीकरण र पर्यटन प्रचारका लागि नयाँ दिल्लीमा सम्पर्क कार्यालय स्थापना गर्ने आफ्नो योजनाबारे जानकारी दिँदै नेपाल सरकार र नयाँ दिल्लीस्थित नेपाली दूतावासको समर्थन र सहयोग आवश्यक रहने बिषय प्रस्ताव गरिएको थियो।
भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले निक्कीले प्रस्तुत गरेको प्रस्तावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै नेपाल–भारत आर्थिक सहकार्यमा निक्कीको निरन्तर योगदानप्रति सराहना व्यक्त गरे। मन्त्री खनालले लगानीकर्ता परिषद् र भारतमा कूटनीतिक उपस्थिति विस्तारको विचारलाई अत्यन्त सकारात्मक रहेको भन्दै उक्त प्रस्तावको सराहना गरे। दुवै पक्षले प्रधानमन्त्रीको भारत भ्रमण अघि मन्त्रालय र निजी क्षेत्रबीच घनिष्ट समन्वय प्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे।
Shares

प्रतिक्रिया