नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले कतारको राजधानी दोहामा सातामा पाँच उडान गर्ने भएको छ।
दुई रात्रिकालीन र तीन दिवाकालीन उडान गर्नलागेको कम्पनीले जनाएको हो।
यसअनुसार सोमबार र बुधबार रात्रिकालीन र मंगलबार, शुक्रबार र शनिबार दिवाकालीन उडान गरिनेछ। कम्पनीले टिकट बुकिङका लागि यात्रुले सम्बन्धित बुकिङ एजेन्टसँग वा नजिकको एयरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क राख्न सकिने जनाएको छ।
उच्च सुरक्षा मापदण्डका साथ सबै उडान निर्धारित तालिकामै उडान गर्ने जनाउँदै कम्पनीले नियन्त्रणबाहिरको परिस्थितिमा केही उडान रद्द हुनसक्ने जनाएको छ।
45
Shares

प्रतिक्रिया