व्यवसायी शेखर गोल्छा आजै रिहा हुने भएका छन्।
जिल्ला अदालत, काठमाडौँले हिरासतमा राख्न अनुमति नदिएपछि व्यवसायी गोल्छालाई आजै छाड्न लागिएको हो। गोल्छालाई रिहा गर्न लागिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए।
‘विमा सम्बन्धी मुद्दा बाँकी भएकाले हिजो नियन्त्रणमा लिएका थियौँ। अदालतले म्याद थप नगरेपछि अब छोड्ने प्रक्रियामा छौँ,’ प्रवक्ता श्रेष्ठले भने।
व्यवसायी गोल्छाविरुद्ध धितोपत्र र बिमा सम्बन्धी कसूरमा ब्युरोले अनुसन्धान गरिरहेको छ। धितोपत्रसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो। उनी पाँच लाख धरौटी बुझाएर सोमबार साँझ रिहा भएका थिए।
त्यसलगत्तै ब्युरोले गोल्छालाई बिमा सम्बन्धी कसूरमा पक्राउ गरेको थियो। आज जिल्ला अदालत, काठमाडौँले हिरासतमा राख्नका लागि अनुमति नदिएपछि प्रहरीले गोल्छालाई छोड्ने भएको हो।
गोल्छालाई प्रहरीले वैशाख १४ गते पक्राउ गरेको थियो।
Shares

प्रतिक्रिया