राजनीति


बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा

बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १६:५५, हेटौंडा

बागमती प्रदेशमा वैशाख २४ गते बिहीबार सार्वजनिक बिदा दिइने भएको छ। प्रदेश सरकारले ‘भाषा दिवस’ का अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी ऐन कार्यान्वयन भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ गते ‘भाषा दिवस’ मनाइँदै आएको छ। यही अवसरमा प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा विद्यालय बन्द रहनेछन्।

बागमती प्रदेश सरकारले २०८० वैशाख २४ गतेदेखि सरकारी कामकाजमा हुने भाषासम्बन्धी ऐन लागू गरेको थियो। उक्त दिनलाई संस्थागत गर्दै प्रदेश सरकारले वार्षिक क्यालेन्डरमै सार्वजनिक बिदाको रूपमा समावेश गर्दै आएको छ।

हाल बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad