नेपाल कृषि अनुसन्धान परिषदले कृषि अनुसन्धानको क्षेत्रमा काम गर्नका लागि बजेट र जनशक्ति दुवैको कमी भएको जनाएको छ।
परिषद्का कायममुकायम कार्यकारी निर्देशक डा श्रीमत श्रेष्ठले संस्थाले झेल्नु परिरहेको समस्याबारे जानकारी गराउँदै उक्त समस्या समस्या समाधान हुनेगरी आगामी आर्थिक वर्षको बजेटमा त्यसको व्यवस्था गर्न पनि कृषि मन्त्रालयलाई आग्रह गरे।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले कृषि अनुसन्धानमा लगानी बढाउन पनि आवश्यक रहेको बताए।
कायममुकाय कार्यकारी निर्देशक श्रेष्ठले कृषि फार्महरू जिर्ण रहेको र सवारी साधनको समेत अभावमा परिषद् रहेको गुनासो पनि गरे।
सरकारले कृषि क्षेत्रको विकासका लागि आवश्यक व्यवस्था गर्न ढिलाई गर्न नहुने उनको भनाई थियो।
कायममुकायम कार्यकारी निर्देशक श्रेष्ठले भने,‘अहिले हामीहरुको जनशक्तिको अभाव छ। १५ प्रतिशत रिक्त पदपूर्ति गर्नुपर्नेछ। ८/१० वर्षदेखि यो पदपूर्ति गर्ने कुराको सुनुवाई नै भएको थिएन। अहिले भर्खरै त्यसको सुनुवाई भएको छ’, कायममुकायम कार्यकारी निर्देशक श्रेष्ठले भने,‘हाम्रा फार्म संरचनाहरू जिर्ण छन्। सवारी साधनको अभाव छ। त्यसको पनि उचित व्यवस्था गरियोस्।’
परिषद्ले स्थानीय सरकारसँग सहकार्य गरेर बालि उत्पादन बढाउने काममा पनि सक्रियतापूर्वक काम भईरहेको दाबी गरेको छ।
Shares

प्रतिक्रिया