कारोबार


फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ’ अवार्ड

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ’ अवार्ड

नेपालखबर
बैशाख २७, २०८३ आइतबार ११:४५, काठमाडौँ

नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको फ्लाइ नेपा ट्राभल एन्ड टुर्सले प्रतिष्ठित ‘विङ्स अण्डर फोर्टी’ अवार्ड अन्तर्गत ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ सम्मान प्राप्त गरेको छ।

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक विनोद अधिकारी को नेतृत्वमा नेपालको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

काठमाडौंस्थित होटल लो मुस्ताङमा आयोजित विशेष कार्यक्रममा अवार्ड वितरण गरिएको थियो। कार्यक्रमको आयोजना ग्लोबल एक्रिडेसन काउन्सिलले गरेको थियो भने सहआयोजकका रूपमा यात्रा म्यागजिन थियो। कार्यक्रममा पर्यटन, आतिथ्यता तथा ट्राभल क्षेत्रमा योगदान पुर्‍याएका ४० वर्षमुनिका युवा उद्यमीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

फ्लाई नेपाले आधुनिक डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय प्रवर्द्धन उपकरण र सिर्जनात्मक अभियानमार्फत नेपाललाई विश्व पर्यटन बजारमा प्रभावकारी रूपमा चिनाउन सफल भएको भन्दै कम्पनीलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

करिब एक दशकअघि स्थापना भएको फ्लाई नेपा ट्राभल्स एण्ड टुर्सले नेपाल भ्रमण, सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय कन्सर्ट तथा पर्यटन प्रवर्द्धनात्मक गतिविधिमार्फत नेपाललाई विश्वसामु चिनाउँदै आएको छ। विशेषगरी अमेरिका र क्यानडामा आफ्नो उपस्थिति विस्तार गरिसकेको कम्पनीले सन् २०२६ मा दुबईमा समेत कार्यालय स्थापना गर्दै आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गरेको जनाएको छ।

अवार्ड ग्रहणपछि प्रबन्ध निर्देशक विनोद अधिकारीले युवा उद्यमशीलता र पर्यटन क्षेत्रको नवप्रवर्द्धनलाई सम्मान गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरे। उनले नेपालको पर्यटनलाई विश्व बजारमा अझ सशक्त रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय पहुँच र नयाँ सोचमार्फत काम गर्दै आएको फ्लाई नेपा ट्राभल्स एण्ड टुर्स नेपाली पर्यटन उद्योगको उदीयमान तथा प्रेरणादायी ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad