कारोबार


सरकारले पुँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने

सरकारले पुँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १६:४१, काठमाडौँ

सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने भएको छ। 

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। ‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ’ उनले भने। 

पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदन्डअनुसार विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

ऋणबजार, बन्ड बजार र पूर्वाधार बन्डको विकास गरी दीर्घकालीन पूँजी निर्माण गरिने नीति तथा कार्यक्रममा राष्ट्रपतिले संसदमा पेस गरेकाे नीति कार्यक्रममा उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad