सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने बताएको छ।
सरकारले आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा भनिएको छ ‘सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्टवेयर, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्प्युटेशनलाई निर्यात प्रवद्र्धन गरिने छ।’
त्यसैगरी, डिजिटल पार्क, उच्च प्रविधिको डेटा सेन्टर, सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हवका रुपमा अघि बढाइने राष्ट्रपतिले संसदमा वाचन गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजिकरण, सरकारी सहलगानी सहित अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइने नीति तथा कार्यक्रममा भनिएको छ।
Shares

प्रतिक्रिया