सेयरबजार फेरि ४ अंकले घटेको छ। बुधबार नेप्से ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा झरेको हो।
यस दिन कारोबार रकम समेत २ अर्ब ८० करोडमा झरेको छ। कारोबार अवधिमा ५६ लाख ४३ हजार कित्ता मात्रै किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यसअनुसार ८२ वटा सेयरको मूल्य बढ्दा १७६ वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज सेयरहरु ११.४२ प्रतिशतसम्म बढ्दा ११.१७ प्रतिशतसम्मले घटेका छन्।
आजको अधिकतम कारोबार २७ करोड ७९ लाख छ। एसवाई प्यानलको उक्त परिमाणमा कारोबार भए पनि बाँकी कम्पनीको ९ करोड ८५ लाखसम्म मात्र कारोबार भएको छ। आज उत्पादन समूह हरियो भए पनि बाँकी सबै राताम्य छन्।
18
Shares

प्रतिक्रिया