नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक टेक बहादुर बोहरालाई पदबाट हटाइएको छ।
नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि बोहरालाई संस्थाले हटाएको हो।
राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गत २८ गते स्थलगत निरीक्षणसँगै बोहरालाई हटाउन निर्देशन दिएको थियो। सोसँगै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा ३ को खण्ड (ग) र नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको लघुवित्तले जनाएको छ।
३० गते बसेको सञ्चालक समिति बैठकले उनी सञ्चालक पदमा नरहेको अवगत गराएको छ।
201
Shares

प्रतिक्रिया