नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (का. सीईओ)को पूर्ण अख्तियारी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले पाएका छन्।
यही वैशाख ३० मा बसेको सञ्चालक समिति बैठकले ढकाललाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको हो।
बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेका कारण बैंकले ढकाललाई कार्यवाहक सीईओ बनाएको हो।
स्मार्ट टेलिकमको सरकारको मातहतमा आइसकेको सम्पत्ति धितो सकार्ने नाममा बिक्री गरी ठगी र आपराधिक विश्वासघातको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिन्धुलीबाट पाण्डेलाई पक्राउ गरेको थियो।
मोबाइल अफ गरेर भाग्दै गर्दा सिन्धुलीबाट पक्राउ परेका थिए सीईओ पाण्डे
141
Shares

प्रतिक्रिया