कारोबार


दोलखा उद्योग वाणिज्य संघमा रास्वपाले समर्थन गरेको प्यानलै पराजित

कांग्रेस र नेकपा गठबन्धनले मार्‍यो बाजी
दोलखा उद्योग वाणिज्य संघमा रास्वपाले समर्थन गरेको प्यानलै पराजित

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १३:८, काठमाडौँ

दोलखा उद्योग वाणिज्य संघमा राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको उम्मेदवार पराजित भएका छन्। 

उद्योग वाणिज्य संघको चुनावमा रास्वपा र एमालेको गठबन्धन गरेको थियो। बैशाख २९ मा भएको निर्वाचनको मतपरिणाम सावर्जनिक भएको हो। 

उक्त नतिजाअनुसार रास्वपा र एमालेको गठबन्धनको प्यानल नै पराजित भएको छ भने कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को प्यानलै विजयी भएको छ। 

संघको अध्यक्षमा कांग्रेस–नेकपा गठबन्धनका उम्मेदवार सनत थापा ४६२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत मात्रै पाए। 

एमाले निकट पाठक रास्वपाका जिल्ला सभापति दिनेश बस्नेतका व्यवसायिक साझेदार हुन्। सोही कारण रास्वपाले एमालेको उम्मेदवारलाई व्यवसायीको निर्वाचनमा सघाएको थियो। 

शैक्षिक, प्रशासनिक तथा व्यवसायिक प्रतिष्ठानहरुमा दलीयकरण हुन नहुने भन्दै आएको रास्वपाले दोलखामा भने व्यवसायीहरुको चुनावमा खुलेआम प्रचार गरेको थियो। 

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेककुमार खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा सुरेश उप्रेती र सचिवमा अनिल रिजाल निर्वाचित भएका छन्। त्यसैगरी, कोषाध्यक्षमा रामशरण बस्नेत निर्वाचित भएका छन्। 

हेर्नुहोस् कसले कति पाए मत?


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad