राष्ट्रिय युवा संघ नेपालको ३७औँ स्थापना दिवसको अवसरमा आयोजित ‘१० के एनवाईएफएन रन’को उपाधि राजन रोकायाले जितेका छन्।
शुक्रबार भएको १० के रनमा राजन रोकायाले निर्धारित १० किलोमिटर दूरी २९ मिनेट ५६.९ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्। उनले ५० हजार रुपैयाँ प्राप्त गरे।
निर्धारित दूरी ३० मिनेट २६.७ सेकेन्डमा पार गर्दै खड्कबहादुर खड्का दोस्रो र ३१ मिनेट ००.२ सेकेन्डमा दौड पूरा गर्दै मुकेशबहादुर पाल तेस्रो भए।
सञ्जय श्रेष्ठ ३१ मिनेट ७.४ सेकेन्डमा चौथो र सुशील शाही ३२ मिनेट ७.६ सेकेन्डमा दूरी पार गर्दै पाँचौँ स्थान हासिल गर्न सफल भए।
प्रतियोगितामा दोस्रो भएका खड्काले ४० र तेस्रो भएका पालले ३० हजार रुपैयाँ प्राप्त गरे। चौथो हुनेले २० र पाचौँ हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड पुनः सोही स्थानमा आएर समापन गरिएको थियो।
Shares

प्रतिक्रिया