कारोबार


गत वर्षभन्दा २.९९ प्रतिशतले बढ्यो बेरुजु, साढे ७ खर्ब नाघ्यो

गत वर्षभन्दा २.९९ प्रतिशतले बढ्यो बेरुजु, साढे ७ खर्ब नाघ्यो

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १५:४४, काठमाडौँ

महालेखापरीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ।

प्रतिवेदनले गत वर्षको तुलनामा २.९९ प्रतिशतले बढेर अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब पुगेको देखाएको हो। 

संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रहेको कार्यालयले जनाएको छ। 

यसअनुसार संघीय कार्यालयमा ३ खर्ब ७८ अर्ब ५३ करोड ६४ लाख, प्रदेश सरकारी कार्यालयमा ३३ अर्ब ९६ करोड ९० लाख, स्थानीय तहमा २ खर्ब २० अर्ब ४७ करोड २६ लाख तथा समिति र अन्य संस्था (प्रदेश समेत)मा १ खर्ब २२ अर्ब १९ करोड ४२ लाख रुपैयाँ कुल बेरुजु रहेको छ। 

त्यसैगरी कारबाही टुंगो लगाउनुपर्ने रकम ७ खर्ब ८७ अर्ब ८६ करोड ३ लाख रहेको छ । कार्यालयले यो वर्ष ५ हजार ५ सय २६ सरकारी निकाय, संगठित संस्था, समिति र अन्य संस्थासमेतको ९४ खर्ब ८४ अर्ब ५० करोड ९८ लाखको लेखा परीक्षण गर्दा बेरुजुको यो विवरण आएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad