कारोबार


अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

नेपालखबर
जेठ १०, २०८३ आइतबार १७:३४, काठमाडौँ

सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ।

महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औं वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा रु छ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको पाइएको छ। क्षति भएको रकम बराबरको शोध भर्ना लिनुपर्नेमा त्यस वापतको रकम प्राप्त हुनसकेको छैन।

काठमाडौँ उपत्यकामा विच्छ्याइएको पाइपमा सडक, विद्युत्लगायतका कार्य गर्दा पाइपमा क्षति पुगेको थियो। विवरणअनुसार नेपाल विद्युत् प्राधिकरणले काम गर्दा रु एक करोड ६७ लाख ५७ हजार बराबरको क्षति पुगेको छ। यस्तै, सडक विभागले आवश्यक काम गर्दा रु दुई करोड ८० हजार, ललितपुर महानगरपालिकाले आवश्यक काम गर्दा रु एक करोड १२ लाख ७३ हजार र अन्य निकायका तर्फबाट रु एक करोड ७१ लाख ३८ हजार बराबरको क्षति पुगेको थियो।

यसैगरी एक निर्माण व्यवसायीसँग ठेक्का सम्झौता अन्त्य गरी नयाँ सम्झौता गरिएको सन्दर्भमा कार्यसम्पादन जमानत र पेश्कीसमेत गरी रु दुई अर्ब ५९ करोड ९९ लाख असुल गर्ने गरी निर्णय भएको थियो।

सो निर्णय बमोजिम उक्त रकम असुल नभएकामा महालेखाले प्रश्न उठाएको छ। काठमाडौँ उपत्यकाको कोड्कु, सल्लाघारी, धोबिघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका सन्दर्भमा एक निर्माण व्यवसायीसँग ठेक्का तोडेर अर्को ठेक्का गरेको थियो।

सुरुमा एक विदेशी कम्पनीसँग रु तीन अर्ब ४६ करोड ९६ लाखमा सम्झौता भएको थियो। सो कम्पनीले रु ७८ करोड ७७ लाख २५ हजार बराबरको कार्य सम्पन्न भएको थियो।

तोकिएको समयमा काम नभएपछि ठेक्का सम्झौता अन्त्य गरी पुनः नयाँ निर्माण व्यवसायी छनौट गरिएको थियो। नयाँ व्यवसायी छनोट अघि रु छ अर्ब ४७ करोड एक लाख बराबरको लागत अनुमान गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad