कारोबार


अमेरिकी डलर, युरो र दिनारको मूल्य घट्दा अस्ट्रेलियन डलर र पाउन्ड महँगिए

अमेरिकी डलर, युरो र दिनारको मूल्य घट्दा अस्ट्रेलियन डलर र पाउन्ड महँगिए

नेपालखबर
जेठ १२, २०८३ मंगलबार ५:१६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज  (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा थियो। 

यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा छ। हिजो  पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा थियो। 

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३४ पैसा थियो। 

आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ८२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०३ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ९९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९२ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad