रोहतो मेन्थोलेटम नेपाल प्रा. लि. ले बर्दिबासमा आफ्नो नयाँ फ्याक्ट्री निर्माणका लागि भूमिपूजन समारोह सम्पन्न गरेको छ
रोहतो मेन्थोलेटम नेपाल प्रा. लि. (रोहतो) ले १४ मे २०२६ मा मधेश प्रदेश, महोत्तरी जिल्लाको बर्दिबासमा निर्माण हुन लागेको आफ्नो नयाँ फ्याक्ट्रीको भूमिपूजन समारोह गरि आफ्नो विकास यात्रामा महत्वपूर्ण कदम अघि बढाएको छ ।
उक्त समारोहमा कम्पनीकी प्रबन्ध निर्देशक श्री ट्रान डाङ बिक थाओ तथा रोह्तो का प्रमुख सदस्यहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमले नेपालमा कम्पनीको उत्पादन क्षमतालाई सुदृढ गर्दै दिगो विकासप्रतिको दीर्घकालीन दृष्टिकोणलाई अझ मजबुत बनाउने एक नयाँ र उत्साहजनक अध्यायको सुरुवातलाई प्रतीकात्मक रूपमा प्रतिनिधित्व गरेको छ ।
नयाँ सुविधा रोहतोको स्थानीय उत्पादन, कार्यक्षमता र जिम्मेवार व्यवसायिक अभ्यासप्रतिको निरन्तर प्रतिबद्धताको प्रतिविम्ब हो । साथै, यसले नेपालका जनताको जीवन र समाजप्रतिको योगदानलाई अझ गहिरो बनाउने अपेक्षा गरिएको छ। सञ्चालनमा आएपछि, यो फ्याक्ट्रीले रोजगारीका अवसर सिर्जना गर्ने, स्थानीय समुदायलाई सशक्त बनाउने तथा आपूर्ति शृङ्खलाको दक्षता बढाउँदै आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।
रोह्तोको दृष्टिकोणसँग मेल खाने गरी यस परियोजनाले उच्च गुणस्तरीय उत्पादनहरू प्रदान गर्ने लक्ष्यलाई अझ मजबुत बनाउँदै सुरक्षा, वातावरणीय जिम्मेवारी तथा समुदाय संलग्नताका उच्चतम मापदण्डहरू पालना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ।
रोहतो मेन्थोलेटम नेपाल प्रा. लि. जापानस्थित विश्वव्यापी स्किनकेयर तथा स्वास्थ्य उत्पादन क्षेत्रमा अग्रणी कम्पनी रोह्तो फार्मास्युटिकल कं., लिमिटेडको सहायक कम्पनी हो। ई. सं. २०१९ मा नेपालमा स्थापना भएदेखि नै रोहतो ले आफ्नो विभिन्न ब्रान्डहरू जस्तै एसन, सनप्ले, सेलसन, हेडा लेबो, अक्सीलगायत स्किनकेयर उत्पादनहरूको विस्तृत शृंखला उत्पादन गर्दै आएको छ, जसले उपभोक्ताहरूको दैनिक स्वास्थ्य र जीवनस्तर सुधार गर्ने लक्ष्य राखेको छ।
यसको मातृ कम्पनी रोह्तो फार्मास्युटिकल कं., लिमिटेड १२५ वर्षभन्दा बढीको इतिहाससहित फार्मास्युटिकल्स, डर्माटोलोजी र उपभोक्ता स्वास्थ्य क्षेत्रमा विश्वस्तरीय प्रतिष्ठा बोकेको जापानस्थित बहुराष्ट्रिय कम्पनी हो, जुन नवप्रवर्तनमा आधारित दृष्टिकोण, उच्च गुणस्तरीय मापदण्ड तथा विज्ञान र केयरलाई संयोजन गरी विश्वसनीय स्वास्थ्य समाधान प्रदान गर्ने प्रतिबद्धताका लागि परिचित छ।
Shares

प्रतिक्रिया