बिहीबार, १४ जेठ २०८३ (२८ मे २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: मेहनत र लगनशीलताले रोकिएका काममा गति आउनेछ। विलासी तथा आकर्षक वस्तुको उपयोग गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास अझ गहिरिनेछ। व्यवसाय वा पेसागत प्रयोजनका लागि यात्राको सम्भावना छ।
भाग्यशाली रङ पहेँलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृष: पुराना सम्बन्ध पुनः जोडिने वा टाढिएका व्यक्तिसँग भेटघाट हुने योग छ। बुद्धि र विवेकको सही प्रयोगले कठिन देखिएका काम सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ। प्रिय व्यक्तिबाट नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव आउन सक्छ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मिथुन: रमाइलो तथा लाभदायक यात्राको सम्भावना देखिन्छ। एउटै प्रयासबाट दोहोरो लाभ हुनेछ। सवारी साधन खरिद गर्ने सोच बन्न सक्छ। छोटो दूरीको यात्रा शुभ रहनेछ। तर, ट्राफिकका कारण ढिलाइ हुन सक्ने सम्भावना छ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही सेवन गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कर्कट: आर्थिक पक्षको दबाबले मानसिक तनाव बढ्न सक्छ। समय व्यवस्थापनमा कमजोरी हुँदा महत्वपूर्ण काम रोकिन सक्ने संकेत छन्। शरीरमा थकान, उत्साहको कमी वा आलस्य महसुस हुन सक्छ। धैर्य नै सफलता हो भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
सिंह: सफल यात्राको योग छ। आत्मबल बढ्नेछ। घरमा शुभकार्य हुनेछ। नयाँ योजनाको कार्यान्वयनमा ल्याइएला। प्रेम सम्बन्धमा निकटता र आत्मीयता बढ्नेछ। धार्मिक तथा आध्यात्मिक विश्वास बलियो बन्नेछ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: सापटी दिएको रकम फिर्ता आउन सक्छ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। इगो हटाएर संवाद बढाउनुहोला, प्रेम सम्बन्धमा मिठास आउनेछ।
भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई भोजन गराई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
तुला: सुखसुविधा भोग गर्न पाइनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। व्यवसायमा कुनै क्लाइन्टमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध बढ्न सक्छ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक: आलोचना गर्नेहरूबाट सजग रहनुहोला। माया प्रेममा धोका हुन सक्छ, एकोहोरो प्रेमले सताउनेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मनमा दुबिधा उत्पन्न होला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनु होला।
भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
धनु: आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। टाढा रहेका परिवारका सदस्यसँग भेटघाट हुनेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।
भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ。 प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। प्रणय सम्बन्ध प्रगाढ हुनेछ। रमणीय र सुखद यात्राको योग छ।
भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कुम्भ: पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मीन: भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। विलासिताका सामग्रीमा खर्च बढ्नेछ। विश्वास नै सहकार्यको सेतु हो भन्ने मन्त्रलाई ध्यानमा राख्नुहोला।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया