कारोबार


३१ सरकारी निकाय खारेज, ६ वटा मर्जर

३१ सरकारी निकाय खारेज, ६ वटा मर्जर

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १६:४४, काठमाडौँ

सरकारले विभिन्न ३१ निकाय खारेज गर्ने भएको छ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्।

उनले ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनःसंरचना गरिने बताए।

कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका  कर्मचारीको सेवासुविधा निरन्तर रुपमा वृद्धि हुने प्रवन्ध मिलाइएको समेत बताए।

उनले साधारण खर्चमा मितव्ययिता कायम गरिने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad