सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गरेको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३/८४ को बजेट शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरेको जानकारी दिए।
यो बढेसँगै अब नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत पुगेको छ।
यसअघि नेपालमा सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत मात्र कर लाग्ने गरेको छ।
हाल विश्व स्वास्थ्य संगठनले ७५ प्रतिशतसम्म सुर्तीजन्य पदार्थमा करको दर सिफारिस गरेको छ।
726
Shares

प्रतिक्रिया