कारोबार


अर्थमन्त्रीको दाबी– बजेट वाञ्छित सीमाभित्रै आएको छ, महत्त्वाकांक्षी छैन

अर्थमन्त्रीको दाबी– बजेट वाञ्छित सीमाभित्रै आएको छ, महत्त्वाकांक्षी छैन

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८३ आइतबार १७:२२, काठमाडौँ

अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभएको बताएका छन्। 

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकार सानो नभएको बताएका हुन्। 

‘विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, वाञ्छित सीमाभित्रै बजेट आएको छ’, उनले भने। 

उनका अनुसार आगामी आवको बजेट प्रत्क्षेपित जिडिपीको सापेक्षतामा २८ दशमलव पाँच प्रतिशत मात्रै हो ।  अर्थमन्त्री डा वाग्लेले आफू सन् २०१४ देखि नेपालको बजेट निर्माणमा संलग्न भएको उल्लेख गर्दै सन् २०१५ को भूकम्पपछि बजेटको आकार बढ्न थालेको उल्लेख गरे। 

‘भूकम्प अगाडि हाम्रो बजेटको आकार जिडिपीको तुलनामा औसतमा २५ देखि २९ प्रतिशत र वास्तविक खर्च २२ देखि २५ प्रतिशत हुन्थ्यो’, उनले भने, ‘भूकम्पपछि भने बजेटको आकार बढ्यो, कुनै वर्ष जिडिपीको तुलनामा बजेटको आकार ३७ प्रतिशतसम्म पुगेको थियो।’

सरकारले आगामी आवका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad