कारोबार


गभर्नरले चलाएनन् मौद्रिक उपकरण, अहिलेकै व्यवस्थालाई निरन्तरता

गभर्नरले चलाएनन् मौद्रिक उपकरण, अहिलेकै व्यवस्थालाई निरन्तरता

नेपालखबर
असार २३, २०८३ मंगलबार १६:११, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आव २०८३/८४ को मौद्रिक नीतिमा मौद्रिक उपकरण चलाएका छैनन्।

चालु आर्थिक वर्षमा अभ्यासमा रहेको मौद्रिक उपकरणलाई नै यथावत् राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गरिएको हो।

मौद्रिक नीतिमा भनिएको छ, ‘ब्याजदर करिडोरअन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवम् बैंकदरलाई यथावत् राखिएको छ।’

त्यसै गरी, वैधानिक तरलता अनुपात एवम् स्थायी तरलता सुविधासम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको मौद्रिक नीतिमा उल्लेख छ।

विदेशी मुद्रा खरिदमार्फत् हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने र विदेशी मुद्रा खरिदकै बखत स्टेरलाइज्ड इन्टरभेन्सन गर्ने नीतिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad