कारोबार


लकडाउनको ८३ दिनपछि खुले सरकारी कार्यालय

लकडाउनको ८३ दिनपछि खुले सरकारी कार्यालय

नेपालखबर
असार १, २०७७ सोमबार ६:३८,

सरकारी तथा गैरसरकारी कार्यालयहरु लकडाउनको ८३ दिनपछि खुलेका छन्।

सरकारको निर्णयअनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन्। बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म र १ बजेबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन्।

सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु पनि सञ्चालनमा आएका छन्। लकडाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको छ।

सरकारले जोरविजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरे पनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ। कार्यालय प्रवेश गर्नुअगाडि सामाजिक दूरी कायम गर्दै तापक्रम लिने गरिएको छ। हात धोएर कार्यालयभित्र समेत सामाजिक दूरी कायम गर्नुपर्ने बताइएको छ। सेवाग्राहीहरुले समेत सेवा लिँन जाँदा सामाजिक दूरी कायम गर्नुपर्नेछ।

मन्त्रिपरिषद्को जेठ २८ गते बसेको बैठकले आजबाट कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो। लकडाउन खुकुलो भए पनि मानिसको बढी भीडभाड हुने ठाउँ, शैक्षिक संस्था, अनुमति प्राप्तबाहेक सम्पूर्ण उडानहरु, सभा सम्मेलन सबैलगायतका क्षेत्र बन्द रहेका छन्। पैदल आवागमन भने खुला गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad