कारोबार


एनआईसी एसिया बैंकले ल्यायो ऋणीहरूलाई ब्याज तथा नवीकरण शुल्कमा छुट योजना

एनआईसी एसिया बैंकले ल्यायो ऋणीहरूलाई ब्याज तथा नवीकरण शुल्कमा छुट योजना

नेपालखबर
असार १, २०७७ सोमबार ७:०,

एनआईसी एसिया बैंकले ऋणीहरुलाई असारका लागि समेत ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट योजना ल्याएको छ।

बैंकले नेपाल राष्ट्र बैंकले वैशाख १६ गते कोभिड१९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनलाई पालना गर्दै ब्याज तथा नवीकरण शुल्कमा छुटको नयाँ योजना घोषणा गरेको हो।

यसअघि पनि बैंकले ऋणीहरूले जेठसम्म चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता÷ब्याज रकम जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरे सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो।

कोरोना महामारीबाट यस बैंकका ऋणीहरूलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै उत्तरदायी बैंकिङ्ग अभ्यासलाई थप मजबुद पार्दै बाचौं र बचाऔं भन्ने अभियानमा केन्द्रित भएको बैंकले जनाएको छ।

बैंकको योजनाअनुसार राष्ट्र बैंकले निर्दिष्ट गरेको २ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले २०७७ असार मसान्तसम्मको सम्पूर्ण सावाँ तथा ब्याजको बक्यौता रकम २०७७ असार मसान्तसम्मा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गरिने बैंकले जनाएको छ। साथै सावाँ तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाइ गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था बैंकले गरेको छ । हाल ९.९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहेका ग्राहकको हकमा भने विद्यमान व्यवस्था अनुसार नै ब्याजदर कायम रहनेछ । त्यसैगरी कर्जा नवीकरणको हकमा २०७७ असार मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ असार महिनाभित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । बैंकले २०७७ आषाढ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले यस्तो योजना ल्याएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad