कारोबार


विश्वका ‘१० सर्वाधिक धनी’ क्लबमा प्रवेश गरे मुकेश अम्बानी

विश्वका ‘१० सर्वाधिक धनी’ क्लबमा प्रवेश गरे मुकेश अम्बानी

नेपालखबर
असार ७, २०७७ आइतबार ८:३४,

भारतीय धनाढ्य मुकेश अम्बानी विश्वका १० ठूला अर्बपतिको क्लबमा प्रवेश गरेका छन्।

ब्लुमबर्गको विश्व अर्बपति सूचीमा अम्बानी नवौँ नम्बरमा उक्लिएका हुन्। उनको सम्पत्ति ४ अर्ब १८ करोड अमेरिकी डलरले बढेको हो। योसँगै उनीसँग कुल ६४ अर्ब ५० करोड अमेरिकी डलर सम्पत्ति रहेको छ। ‘टप १०’ धनीमा पर्ने उनी एसियाका एक्ला धनाढ्य हुन्।

पहिलो स्थानमा भने १ सय ६० अर्ब डलर सम्पत्तिसहित अमेजनका जेफ बेजोस छन्। त्यस्तै दोस्रो नम्बरमा १ सय १२ अर्ब डलरसहित बिल गेट्स, तेस्रोमा ९० अर्ब ६० करोड डलरसहित फेसबुकका मार्क जुकरबर्ग, चौथोमा ८७ अर्ब डलरसति बर्नार्ड आर्नल्ट, पाँचौँमा ७१ अर्ब डलरसहित वारेन बफेट, छैठौँमा ७० अर्ब डलरसहित स्टिभ बाल्मर, सातौँमा ६८ अर्ब डलरसहित ल्यारी पेज, आठौँमा ६६ अर्ब डलरसहित सर्जे ब्रिन र दशौँ नम्बरमा ६२ अर्ब डलरसहित फ्रान्कोइस बेटेनकोर्ट मेयर्स रहेका छन्।

नवौँ नम्बरमा परेका भारतीय धनाढ्यले ओरेकल कर्पका ल्यारी एलिसन र फ्रान्सका फ्रान्कोइसलाई पछि पारेका हुन्। रिलायन्स कम्पनीको ४२ प्रतिशत स्वामित्व रहेका अम्बानीले आफ्नो डिजिटल युनिट जियो प्लेटफर्म्स लिमिटेडमा लगानी भित्र्याएपछि यस्तो प्रगति गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

मार्चयता तेलदेखि टेलिकमसम्मको कारोबार गरिरहेका अम्बानीले सम्पत्ति बढाएका हुन्। त्यसो त कोरोनाभाइरसको महामारीले अन्य अर्बपतिलाई हानि गरे पनि कतिपयले फाइदा उठाइरहेका छन्।

महामारीपछि अम्बानीको टेलिकम कम्पनी जियोले प्रगति गरेको छ। जसले उनको व्यक्तिगत सम्पत्तिमा योगदान पुगेको हो। ६३ वर्षीय अम्बानी मुम्बईमा बस्छन्।

विगत दुई महिनायता तेलको कारण अप्ठ्यारोमा परेको रिलायन्सलाई जियोले १५ अर्ब डलरभन्दा धेरै लगानी भित्र्याएपछि सहज भएको हो। फेसबुक, जनरल एटलान्टिक, सिल्भर लेक पार्टनर, केकेआर एण्ड कम्पनी, साउदी कम्पनीहरुले जियोको सेयर किनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad