कारोबार


डिशहोम ‘द स्ट्रिङ शो’ को पहिलो राउण्ड सम्पन्न, छिट्टै टप टेन छनाैट

डिशहोम ‘द स्ट्रिङ शो’ को पहिलो राउण्ड सम्पन्न, छिट्टै टप टेन छनाैट

नेपालखबर
साउन २७, २०७७ मंगलबार १२:०,

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङलिस’सांगीतिक प्रतियोगिता ‘द स्ट्रिङस’ को पहिलो राउण्ड सम्पन्न भएको छ।

पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएको डिसहोमले जनाएको छ। तीन राउण्डमा सञ्चालन हुने यो सांगीतिक प्रतियोगितामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए। छिटै सम्पुर्ण सहभागीहरु मध्ये बाट १० जना छनौट हुँदैछन्।

अब यो सांगीतिक प्रतियोगीताको दोस्रो चरणमा प्रवेश गर्न लागेको पनि डिसहोमले जानकारी दिएको छ। सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतिको आधारमा निर्णायकहरुले उत्कृष्ट १० जना छनौट गर्नेछन्।

निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईराला रहेका छन्। दोस्रो चरणमा पुग्ने प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अब झन उत्साहजनक र रोचक हुनेछ। तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनकालागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने हुन्छ।

विभिन्न समयमा डिशहोमले सञ्चालन गर्ने यस्ता प्रतियोगिता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन्। ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनेछन् भन्ने डिशहोमले अपेक्षा राखेको छ।

‘यस प्रतियोगितामा सहभागी हुन ईच्छुक तर कारणवस सहभागीता जनाउन सक्नुभएको छैन भने विभिन्न समयमा डिशहोमले संञ्चालन गर्ने क्वीज, गेम्सहरु मार्फत डिशहोमसँग जोडिन सक्नुहुनेछ’ डिसहोमले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad