भारतका प्रसिद्ध शायर राहत इन्दोरीको निधन भएको छ। आइतबार उनी मध्यप्रदेशको इन्दौरस्थित श्री अरविन्दो अस्पतालमा भर्ना भएका थिए।
सोमबार उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
मंगलबार उनलाई दुई पटक हृदयघात भएको र उनलाई बचाउन नसकिएको सो अस्पतालका चिकित्सकले बताएका छन्।
७० वर्षीय इन्दोरीले मंगलबार बिहान मात्र ट्विटरबाट आफू संक्रमित भएको जानकारी दिएका थिए।
उर्दु भाषाका चर्चित कवि इन्दोरी सामाजिक राजनीतिक विकृतिमाथि चोटिलो प्रहार गर्थे। एजेन्सी

प्रतिक्रिया