नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १।१ रुपैयाँ बढाएको हो।
निगमले आइतबार विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य परिर्वतन गरेको जानकारी दिएको छ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा र डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएकाे छ।
6
Shares

प्रतिक्रिया