कारोबार


अब कामना सेवाकाे खाता घरमै बसी खोल्न सकिने

अब कामना सेवाकाे खाता घरमै बसी खोल्न सकिने

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १५:९,

अब कामना सेवा विकास बैंकका ग्राहकहरुले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाईसी अपडेट गर्ने, चेकबुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन्।

बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबाट आज यो नवीनतम् प्रविधिमा आधारित ‘केएसबीबीएल सोशल मिडिया बैंकिङ प्लेटफर्म’ को शुभारम्भ गरेका हुन्।

भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहकरुले बैंकले प्रदान गरेको ‘क्यूआर कोड स्क्यान’ गर्नुपर्ने छ भने फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने हुन्छ।

कोभिड–१९ को महामारीकोबीच सोशल मोबाइल बैंकिङ सेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहकहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको बैंकका अध्यक्षले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad