कारोबार


बालाजु क्षेत्र अनुगमन : श्रेष्ठ राइस मिलका २ सय बोरा चामल बिक्रीमा रोक

बालाजु क्षेत्र अनुगमन : श्रेष्ठ राइस मिलका २ सय बोरा चामल बिक्रीमा रोक

नेपालखबर
असोज ४, २०७७ आइतबार ९:४६,

गोङ्गबु चोकनजिकै मिल सञ्चालन गर्ने श्रेष्ठ राइस एण्ड चिउरा मिलमा भएको २०० बोरा चामल बिक्रीमा रोक लगाइएको छ।

श्रेष्ठ राइस एण्ड चिउरा गोङ्गबु प्रिन्ट गरिएका ३० किलो तौलमा भरिएका चामलको उत्पादन मिति, उपभोग्य मिति, मिल, खुद्रा वा अधिकतम मूल्य नराखिएको, खरिद बिक्री बिल नभएको र मिलको परिचय पाटी नराखिएकोले बिक्रीमा रोक लगाइएको हो। काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले आजै दिउँसो १ मिल सञ्चालकलाई कागजातसहित कृषि बिभागमा बोलाएको छ ।

मिलमा सञ्चालक थिएनन्। उनका छोरा राजेन्द्र महर्जनले नुवाकोटबाट धान ल्याउने र मिलमा कुट्दै बेच्ने गरेको बताए। उसो भए २०० बोरा पनि माग भएरै कुटाएको हो त भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘धान लिएर आउने र कुटाएर बिक्रीका लाने पनि धेरै हुन्छन्। उनीहरुले कुटाएको पैसा दिने हो।’

उनको कुरा सकिन नपाउँदै अनुगमन टोलीका सदस्यले सोधे, ‘अरुले ल्याएको धान, उसैको चामल अनि श्रेष्ठ राइस एण्ड चिउरा लेखेको बोरा चाहिँ किन नि?’ यो प्रश्नको उत्तरमा उनी अक्मकाए।

यो समस्या श्रेष्ठ राइस मिलको मात्र होइन। यस क्षेत्रमा सञ्चालन हुने मिलको साझा समस्या भएको अनुगमनका क्रममा देखियो।

बालाजु चोककै छेउमा रहेको ढकाल आलु तथा सब्जी भण्डारका सञ्चालक पण्डितप्रसाद ढकालले ११० रुपैयाँ प्रतिकिलो प्याज बेचिरहेका थिए। प्याज किन महङ्गो नि? अनुगमन टोलीका प्रतिनिधिले प्रश्न गर्दा सञ्चालकले उत्तर दिए, ‘मैले नै १०० रुपैयाँ प्रतिकिलोमा किनेर ल्याएको हुँ।’

यति भन्दै उनले गोकर्णेश्वर नगरपालिका वडा ५ जोरपाटीमा रहेको नन्देश्वरी आलु प्याज तथा गल्ला भण्डारले २० बोरा प्याजको बिल देखाए । ११ सय किलो प्याजको प्रतिकिलो १०० रुपैयाँका दरले १ लाख १० हजार रुपैयाँ बिलमा उल्लेख थियो । अनुगमन टोलीले नन्देश्वरी भण्डारका सञ्चालकलाई पनि विभागमा बोलाएको छ।

आजको अनुगमनका क्रममा गोपीकृष्ण खाद्य उद्योगबाट बजार पठाउन तयार गरिएको ठूलो प्लाष्टिकको थैलीमा राखिएका करिब २५ प्याकेट पानीपुरी र हरिशरण ढकालले स्कुटरमा राखेर बेच्दै हिँडेका १५ प्याकेट खुल्ला चाउमिन बरामद गरेर नष्ट गरिएको छ।

यसै गरी सानो भ¥याङ्मा सञ्चालित माँ भवानी टे«डर्सका सञ्चालक रञ्जन गुप्तालाई मूल्य सूची नराखेको, खरिद बिक्री बिल अद्यावधिक नगरेको, म्याद सकिएका सामान राख्ने ठाउँ नबनाएकोले आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad