बिहार राज्यको मुजफरपुर जिल्ला अदालतले उनीहरुलाई आगामी अक्टोबर ७ मा अदालतमा उपस्थित हुन आदेश दिइएको हो।
सलमान खान, करण जोहर, सन्जय लिला भन्साली, आदित्य चोपडा तथा एकता कपुरले अदालतले तोकेको समयमा उपस्थित हुनुपर्नेछ।
मुजफरपुरका वकिल सुधिर ओझाले मुद्दा हालेपछि भारतीय स्टार कलाकारहरु अदालतमा उपस्थित हुनुपर्ने भएको हो।
ओझाले यि कलाकारकै काराण सुशान्तले आत्महत्या गर्नुपरेको बताएका छन्।
गत जुन १४ मा सुशान्त मुम्बईस्थित फ्ल्याटमा झुन्डेको अवस्थामा फेला परेका थिए। बलिउडमा व्याप्त नातावाद र क्रिपावादका कारण सुशान्तले काम नपाएको र उनी डिप्रेसनमा गएका कारण उनले आत्महत्या गरेको वकिल ओझाको भनाइ छ।
अभिनेत्री कंगना रणावतले पनि बलिउडमा व्याप्त नातावादकै कारण सुशान्तले आत्महत्या गरेको बताउँदै आएकी छिन्।
कंगनाले आफ्ना अन्तर्वार्तामा चलचित्र निर्माता करण जोहर नातावाद र क्रिपावादलाई प्रश्रय दिने किसिमका व्यक्ति भएको बताउँदै आएका छन्।
भारतीय संचारमाध्यमका अनुसार एक वर्षमा सुशान्तले नातावादकै कारण ६ भन्दा बढी गुमाउनु परेको थियो।
सुशान्तलाई खेलाइने भनिएको चलचित्रमा बलिउडकर्मीका छोराछोरीलाई स्थान दिइएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया