कारोबार


चिकित्सा सामग्री सहयोगमा हिमालय एयरलाइन्स अग्रपंक्तिमा

चिकित्सा सामग्री सहयोगमा हिमालय एयरलाइन्स अग्रपंक्तिमा

नेपालखबर
असोज १८, २०७७ आइतबार १०:३,

काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको अप्रत्याशित वृद्धिसँगै निम्तिएको समस्यासँग जुध्न हिमालय एयरलाइन्सले स्वास्थ्य सामग्री सहयोग गरेको छ।

हिमालयले समुदायमा कोरोना भाइरसको पैmलावट रोक्न काठमाडौं उपत्यकाका विभिन्न हस्पिटलहरुलाई निरन्तर सहयोग पु¥याउँदै आएको हो।

एयरलाइन्स्ले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, र मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई विविध चिकित्सा सामग्री प्रदान गरेर सहयोग गरेको छ।

हिमालय एयरलाइन्सले सहिद गङ्गालाल हृदयरोग केन्द्रलाई १०० थान पीपीई सेट र १०० थान आरडीटी परीक्षण किट प्रदान गरेको छ भने १०० थान पीपीई सेट र १०० थान आरडीटी परीक्षण किट राष्ट्रिय ट्रमा सेन्टर सहयोग गरेको छ।

त्यसैगरी एयरलाइन्सले कोभिड–१९ विरुद्धको लडाइँमा अत्यावश्यक पर्ने १०० थान पीपीई सेट, १०० थान आरडीटी परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थान शु–कभर र ५ बोत्तल स्यानिटाइजर मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई प्रदान गरेको छ।

सहयोग कार्यक्रममा बोल्दै हिमालय एयरलाइन्सकी ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्जला दलीले कोभिड–१९ विरुद्ध लड्ने कार्यमा समाज र राष्ट्रको लागि सहयोग पु¥याउनु, हिमालय सदैव तत्पर रहने बताइन्।

उनले चिकित्सा सामग्रीहरुले हस्पिटलहरुका अग्रभागमा रही बिरामी सेवामा लागिपर्ने स्वास्थ्य कार्यकर्तालाई ठूलो सहयोग पुग्ने आशा गर्दै आउँदा दिनहरुमा समाजको हितका लागि एकताबद्ध रुपमा लागिपर्ने दृढता समेत व्यक्त गरिन्।

महामारीको सुरुवाती अवस्थादेखि नै हिमालय एयरलाइन्स निरन्तररुपमा विविध तवरले सहयोग पु¥याउन प्रयासरत रहेको छ। नेपाल सरकारको कोभिड–१९ कोषमा गत वैशाखमै एक करोडको आर्थिक सहयोग गर्नुका अतिरिक्त यस एयरलाइन्सले हालसम्म देशका दूरदराजका स्थानहरु आम्दा हस्पिटल, दमक, रोग नियन्त्रण÷व्यवस्थापन केन्द्र गुल्मी र फङ्लिङ्ग नगरपालिका, ताप्लेजुङ्गजस्ता दुर्गम क्षेत्रका संघ–संस्थाहरुलाई कोभिड–१९ विरुद्ध लड्न सहयोग पु¥याउने चिकित्सा सामग्रीहरु उपलब्ध गराएको छ।

हिमालयले हालसम्म कोभिड–१९ महामारी रोकथामका चिकित्सा सामग्रीहरुका ढुवानीका लागि ३७ वटा कार्गो उडान भर्दै ३२८.८२ टन सामग्रीहरु नेपाल भित्र्याएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad