समाज


स्याङ्जाका पहिरो पीडितलाई राहत वितरण

स्याङ्जाका पहिरो पीडितलाई राहत वितरण

नेपालखबर
असोज १८, २०७७ आइतबार १०:१,

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा पहिरोमा परि मृत्यु भएका तथा घाइते भएकाहरुको परिवारलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राहत रकम हस्तान्तरण गरेकी छन्।

मन्त्री अर्यालले पहिरो पीडितको घरमै पुगेर नेपाल सरकार र सहकारी अभियानको तर्फबाट नगद १८ लाख ५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेकी हुन्। मन्त्री अर्यालले वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका केही दिन अघि गएको पहिरो पीडितलाई नगद १८ लाख ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेकी हुन्।

मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका–१४ तमादीमा पुगेर मृतकको परिवारलाई १० लाख २० हजार प्रदान गरेकी हुन्। राहत रकम नेपाल सरकारको तर्फबाट ७ लाख र मन्त्रालयको पहलमा ३ लाख रकम मन्त्रीले प्रदान गरेकी हुन्। असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो।

यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका–४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गरेकी छन्। पहिरो पीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत प्रदान गरेकी हुन्। उनले असोज ८ गते मृत्यु भएका १७ वर्षीय बिष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गरेकी हुन्।

उनले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५/५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरेका हुन्।

यसैगरी गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई सहकारी संघका तर्फबाट २०÷२० हजार र बिस्थापित चार परिवारलाई १५/१५ हजार राहत मन्त्री अर्यालले प्रदान गरेकी हुन्।

वालिङ नगरपालिका–११ मा पहिरोबाट मृत्यु भएका स्वर्गीय दुर्गाबहादुर थापाको परिवार तथा घाइतेहरुलाई २ लाख ५० हजार, घाइते मुना थापालाई २० हजार, नारयणी सिञ्जाली १० हजार, दिलबहादु परियारलाई १० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेकी थिइन्।

सरकारको तर्फबाट १२ लाख ५ हजार, काठमाडौं जिल्ला सहकारी संघको संयोजनमा काठमाडौंमा विभिन्न सहकारी संस्थाहरु र राष्ट्रिय सहकारी बैंकको तर्फबाट ६ लाख रुपैयाँ गरी जम्मा १८ लाख ५ हजार रुपैयाँ स्याङ्जाका विभिन्न ठाउँमा पहिरोबाट पीडित भएकाहरुलाई हस्तान्तरण गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad