कारोबार


१२ वर्षपछि फेरि सिमरा उड्यो यती एयरलाइन्सको जहाज, भाडा १ हजार ९९९ रुपैयाँ

१२ वर्षपछि फेरि सिमरा उड्यो यती एयरलाइन्सको जहाज, भाडा १ हजार ९९९ रुपैयाँ

नेपालखबर
असोज २१, २०७७ बुधबार ७:०,

निजी लगानीमा सञ्चालित हवाइ क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले आजदेखि सिमरा उडान सुरु गरेको छ।

आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि आजदेखि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो। यो यतीको नवौँ र २ नं. प्रदेशमा दोस्रो गन्तव्य भएको कम्पनीले जनाएको छ।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सतर्कता अपनाएर आजबाट सिमरा उडान सुरु गरिएको जानकारी दिए।

‘आज ९एन–एआईएच कल साइन भएको जेटस्ट्रिम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान भरेका छौँ र दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ’, बर्तौलाले भने, ‘अब सिमरा नियमित रुपले दैनिक २ उडान हुनेछन् र यात्रुहरुको माग भए उडान संख्या थप गर्न सकिनेछ।’

yeti simara udan 112

उच्च सतर्कता अपनाएर उडान सुरु गरेकोले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध गरेको प्रवक्ता बर्तौलाले बताए।

आज पहिलो दिन काठमाडौँ–सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोला प्रथामार्फत १ जनालाई निःशुल्क हवाइ टिकट उपलब्ध गराइने समेत उनले जानकारी दिए।

यतीले काठमाडौँ– सिमरा–काठमाडौँको लागि प्रमोसनल सुरुवाती भाडा १ हजार ९९९ रुपैयाँ तोकेको छ। यो भाडा असोज २२ देखि लागू हुनेछ। यी गन्तव्यको टिकटहरु एअरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ।

केही दिन अघि आन्तरीक पर्यटन प्रबर्धनका लागी भन्दै विभिन्न गन्तव्यहरुको लागी न्युनतम मुल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सीहरु र मोबाइल एप्स मार्फत टिकट खरीद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजना समेत अघि सारेको छ ।

वि.सं. २०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्समा हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन्।

यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad