एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ।
यस बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि उनकी श्रीमती सुनिता देवि शर्मालाई उक्त रकम भुक्तानी गरिएको छ। उनलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको हो।
हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले अतुलनीय बीमा सुविधा प्रदान गर्दै आएको छ।
अतुलनीय फाइदाले भरिपूर्ण यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकहरूले पाउन सक्नेछन् र सो सुविधाबाट ग्राहकहरूलाई साच्चिकै फाइदा पुग्ने गरेको छ।
यस्ता अनुपम तथा अतुलनीय सुविधाहरू भएका कारणले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहकहरू समक्ष निकै नै लोकप्रिय बनेको छ। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बचत खातामा नै बीमा सुविधा ग्राहक महानुभावहरूमाझ ल्याउदै आएको छ ।
बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका २४६ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू.१ करोड ९४ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् र यस्ता योजनाहरूबाट बैंक खातामार्फत बचत गर्ने आमसर्वसाधारणलाई थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले जनाएको छ।
साथै न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइनमार्फत खोल्न सक्ने समेत बैंकले व्यवस्था गरेको छ। यसअन्तर्गत निःशुल्क डेबिट÷क्रेडिट कार्ड, निःशुल्क मोबाइल÷इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत सेवाको फाइदा लिन सकिनेछ।

प्रतिक्रिया