कारोबार


कुमारी बैंकले ल्यायो फोन लोन सुविधा, १ लाखसम्म कर्जा पाइने

कुमारी बैंकले ल्यायो फोन लोन सुविधा, १ लाखसम्म कर्जा पाइने

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ७:३९,

कुमारी बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि फोन लोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ।

आफ्ना सेवाहरुलाई डिजिटमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोन लोन नयाँ सेवा सञ्चालनमा ल्याएको हो।

कुमारी बैंकमा विभिन्न तलब खाता सञ्चालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट फोन लोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ। कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहनेछैन भने कुनै निवेदन दिन र कानुनी कागजात गरिरहनु नपर्ने बैंकले जनाएको छ।

ग्राहकलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोन लोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ। आगामी दिनहरुमा कुमारी बैंक लि.ले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटलमैत्री बनाउँदै लगिने जनाएको छ।

बैंकले १ सय ८४ शाखा–सञ्जाल, १४४ एटीएम, २१ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad