कारोबार


सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा

सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ११:१८,

सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयासस्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक एकाउन्ट दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ।

बैंकले कोरोना महामारीको कारण बंैंकका सेवाग्राहीहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति अनलाइन एकाउन्ट सेवा सुरु गरेको जानकारी दिएको हो।

ग्राहकहरुले घरमै बसेर शून्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ।

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल माध्यममा खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने बैंकले जनाएको छ। डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै उक्त बचत खाताहरुमा प्रवर्द्धनको निम्ति बढी ब्याजदर दिइएको हो।

सेञ्चुरी सहजखातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पेमार्फत वालेटको कारोबार समेत गर्न सकिनेछ। यस नयाँ सेवामार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन पाँच हजार रुपैयाँबराबर क्यासलेस कारोबार गर्न सक्नेछन्। उक्त खातामा वार्षिक एक लाखसम्म कारोवार गर्न सकिनेछ।

सेञ्चुरी क्लिक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ। उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबार समेत गर्न सकिनेछ। विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी बैंकले यो खाता सञ्चालनमा ल्याएको हो।

उक्त खाताहरु खोल्दा आवश्यक प्रमाणीकरण कोड बैंकले आधिकारिक मोबाइलमा वा इमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र सञ्चालन गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad