कारोबार


ज्योति विकास बैंकद्वारा ‘स्क्यान एन्ड विथड्र’ सेवाको सुरुवात

ज्योति विकास बैंकद्वारा ‘स्क्यान एन्ड विथड्र’ सेवाको सुरुवात

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १४:२६,

ज्योति विकास बैंक लिमिटेडले‘ ‘स्क्यान एन्ड विथ्ड्र’ सेवा सञचालनमा ल्याएको छ।

सो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ‘ज्योति स्मार्ट एप’ मार्फत बैंकको काउन्टरमा रहेको क्युआर कोड स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन्।

स्क्यान एन्ड विथ्ड्र मार्फत काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी चेकको प्रयोग बिनानै खाताबाट रकम झिक्न सकिनेछ। बैंकले यो सेवा देशभरिका १०५वटै शाखा कार्यालयबाट एकैपटक शुरुवात गरेको छ।

सो सेवा संचालन पश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटिएम कार्ड बोकिरहनुपर्ने छैन।आधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै डिजिटल बैंकिङलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने हेतुले यो सेवा प्रयोगमा ल्याईएको बैंकले जनाएको छ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दाबढि खाताबाट करिब रु.४२ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु. ३४ अर्व ६० करोड लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad