कारोबार


श्रमिक र उद्योगबीचको सम्बन्धमा कोरोनाको असर ­­कस्तो?

श्रमिक र उद्योगबीचको सम्बन्धमा कोरोनाको असर ­­कस्तो?

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १०:४८,

कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवस्यकता रहेको सरोकारवालाहरुले बताएका छन्।

कोभिड १९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा अरेको असरसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा बोल्दै सरोकारालाहरुले विपदको अवस्थामा श्रमिक र रोजगारदताबीच समन्वय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष रामचन्द्र संघाईले रोजगारी गुामाएकालाई पुन रोजगारीमा फर्काउन चुनौती भएको बताए।

पर्यटन, रेस्टुरेन्ट, साना तथा मझौला उद्योगलाई पुरानै अवस्थामा फर्काउन अझै २÷३ वर्ष लाग्ने भएकाले रोजगारी फर्काउन समेत चुनौति देखा परेको बताएका हुन्।

ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र यादवले श्रमिक र उद्योगबीचको सम्बन्ध सुधार्नुपर्ने अवस्था आएको बताए।

कोभिडका कारण उद्योग र श्रमिक दुवैलाई समस्या परेको अवस्थामा मिलेर समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि यादवले बताए।

अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष धनबहादुर बिकले देशको लागि उद्योग कलकारखाना चाहिएको हो भने श्रमिकका समस्या सबैभन्दा पहिला समाधान हुनुपर्ने बताए। अहिले पनि उद्योग लगानीकर्ताको मात्रै हो भन्ने सोच राख्ने हो भने समस्या उत्पन्न हुने बताए।

कोरोनाका कारण उद्योग व्यवसाय पुरानै लयमा सुचारु हुुन नसक्दा करिब १५ लाख रोजगारी गुमेको अनुमान गरिएको छ। यस्तै वैदेशिक रोजगारीबाट डेढ लाख बढी युवाहरु स्वदेश फर्किएका छन्। त्यसैले पनि रोजगारी संकट समाधान गर्नका लागि श्रमिक, उद्योग र सरकारबीच समन्वय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad