कारोबार


भन्सार प्रशासनमा ठूलै सुधार गरेकाे अर्थमन्त्रीको दाबी

भन्सार प्रशासनमा ठूलै सुधार गरेकाे अर्थमन्त्रीको दाबी

नेपालखबर
साउन १६, २०७६ बिहिबार ७:५५,

अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान गरेका छन्।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय पुँजी निर्माणका लागि उद्योग विस्तार गर्ने गरी सरकारले भन्सारसम्बन्धी नीति ल्याएको दाबी गर्दै त्यसले उपलब्ध गराएको सुविधाको सदुपयोग गरेर अघि बढ्न निजी क्षेत्रको ध्यानाकर्षण गराएका हुन्।

बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘भन्सार व्यवस्थापन’सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उनले उद्योग विस्तारका लागि आयात गर्ने वस्तुहरुको करमा छुट दिन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। अर्थमन्त्री खतिवडाले राष्ट्रिय उद्योगको संरक्षणका लागि सरकारले कर छुटसम्बन्धी थुप्रै नीति लिएको उल्लेख गर्दै त्यसको उपयोग गरेर अघि बढन पनि निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे। उनले मुलुकमा औद्योगिक क्षेत्रको विस्तारका लागि सरकारले भन्सार प्रणालीमा पनि सुधारको प्रयासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले चोरी, पैठारी नियन्त्रण गर्न पनि सम्वद्ध सबै पक्षलाई सचेत गराए। कार्यक्रममा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले खुला सीमा भएको क्षेत्रमा चोरी, पैठारी नियन्त्रण गर्न चुनौति रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सुरक्षा निकायको उचित व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भन्सार प्रशासनमा सुधार ल्याउने काममा सुधार हुँदै गएको दाबी पनि गरे।

महानिर्देशक दंगालले देशका मुख्य–मुख्य नाकासहित २४ वटा भन्सार कार्यालयको आर्थिक गतिविधि बैंकिङ कारोबारबाट सुरु गरिएको पनि जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad