सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन्।
बिहीबार बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन्।
उनको खोजी कार्य भइरहेको छ। प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीयवासीले खोजी गरिरहेका छन्।
बल खेल्ने क्रममा खेलिरहेको बल खोलामा पुगेपछि उनी बल निकाल्नका लागि खोलामा पसेका थिए।
‘खेलिरहेको बल खोलामा पुगेपछि झिक्नका लागि गएक रहेछन्’, शिक्षक हरेराम नेपालले भने। रासस

प्रतिक्रिया