ad ad

कारोबार


भारतीय लगानी भित्र्याउन लगानी बोर्डको ध्यानाकर्षण

भारतीय लगानी भित्र्याउन लगानी बोर्डको ध्यानाकर्षण

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १३:४१,

नेपाल–भारत उद्योग वाणिज्य संघले नेपालमा पछिल्लो समय भारतीय लगानी घट्दै गइरहेको भन्दै लगानी बोर्डको ध्यानाकर्षण गराएको छ। संघको प्रतिनिधि मण्डलले लगानीबोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टसँग भेट गरी भारतीय लगानी भित्र्याउने वातावरण बनाउन आग्रह गरेको हो।

संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा, उपाध्यक्षद्वय सुनिल केसी र सैवाल घोष, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, संघका निेर्देशक केशबमान सिंह तथा प्रशासकीय अधिकृत मार्शल राठौरसहितको प्रतिनिधि मण्डलले बोर्डको ध्यानाकर्षण गराएको हो।

संघका उपाध्यक्ष सुनिल केसीले आगामी दिनहरुमा भारतबाट लगानी भित्र्याउनका लागि संघले तय गरेका केही कार्यक्रमहरु मध्ये एउटा भारतीय लगानीकर्ताहरुलाई लक्षित गरी हरेक वर्ष पालै पालो नेपाल र भारतमा द्विदेशीय ‘नेपाल–ईण्डिया पार्टनरशीप समिट’ आयोजना गर्ने योजना रहेको र त्यसमा लगानीबोर्ड पनि प्रमुख साझेदारको रुपमा रहनु उपयुक्त रहने प्रस्ताव गरे।

त्यस्तै भारतको दिल्लीमा ‘नेपाल ईनोभेसन सेन्टर’को स्थापना गर्ने अर्को योजना रहेको पनि जानकारी दिए। जसको माध्यमबाट नेपालमा लगानी गर्न चाहने भारतीय लगानीकर्ताहरुको लागि सहजीकरणको काम अघि बढ्नेछ, त्यसमा लगानीबोर्डको पनि सहभागिता र सहकार्य आवश्यक र महत्वपूर्ण हुने भन्दै सो को लागि प्रस्ताव गरे।

उनले नेपालमा भारतीय विदेशी लगानी भित्र्याउने कार्य नेपाल–भारत उद्योग वाणिज्य संघ र लगानीबोर्ड दुवैको उद्देश्य र चासोको बिषय भएको सन्दर्भमा पनि संघले भारतीय राजदूतावास समेतलाई समाबेश गरी त्रिपक्षीय सम्झौताका लागि बोर्डको सहमति र साझेदारीको लागि पनि अनुरोध गरे।

भेटको अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टले नेपालमा भारतीय लगानी भित्र्याउने सम्बन्धमा लगानी बोर्ड गम्भीर रहेको बताए। उनले संघले प्रस्ताव गरेका कार्यक्रमहरुमा सहभागिताका सम्बन्धमा बोर्ड सकारात्मक रहेको पनि पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .