कारोबार


बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट

नेपालखबर
पुस ६, २०७७ सोमबार १०:४२,

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि.,बुटवलमा विशेष छुटको व्यवस्था गरिएको छ।

बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा हस्पिटलले अधिकतम २० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरे।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad