बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्डमार्फत धुलो दूध (पाउडर) उत्पादन गर्ने भएको छ।
अधिक उत्पादन भएका समयमा दूध संकलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको हो।
मुख्यमन्त्री डोरमणि पौडेलले कारखानाकोे बिहीबार शिलान्यास गर्दै उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको जानकारी दिए। उनले कारखाना सञ्चालनमा आएपछि सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुने र प्रदेश सरकारले किसानका पक्षमा काम गर्दै आएको बताए।
कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया