देशैभर होटेल, रिसोर्ट, रेस्टुरेन्ट र क्याफेहरु सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले नयाँ वर्ष २०२१को सुरुवात सँगै हेटौँडामा पनि सेवा बिस्तार गरेको छ।
हेटौँडामा सञ्चालनमा रहेको होटेल सामनासँग व्यवस्थापकीय साझेदारी गरेर सिद्धार्थ ग्रुपले तीन तारे स्तरको होटेल सुरु गरेको हो।
बाग्मती प्रदेशको राजधानीको रुपमा रहेको हेटौडामा गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्ने लक्ष्यका साथ सिद्धार्थ ग्रुपले सेवा बिस्तार गरेको कम्पनीले जनाएको छ।
सिद्धार्थ ग्रुपले व्यवस्थापकीय साझेदारी गरेर सञ्चालनमा ल्याएको सामना होटेलमा ५८ वटा सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा सभा हल, रेष्टुरेन्ट, बार, क्याफे, प्राइभेट डाइनिङ रुम स्वमिङ पुल लगायतका सुबिधाहरु छन्।
होटेल, रिर्सोट, रेष्टुरेन्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले पश्चिम नेपालको प्रमुख शहर महेन्द्रनगरदेखि पूर्वको शहर बिर्तामोडमा शाखाहरु सञ्चालन गर्दै आएको छ।
ग्रुपले कैलालीको टिकापुर, कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमाडाैंको बौद्ध, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा हुँदै पर्वी नेपालको बिर्तामोड गरी २८ वटा शाखा मार्फत गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ।
सिद्धार्थ ग्रुपले आफ्नो शाखा नभएका प्रमुख शहरहरुमा पनि त्यहाँका व्यवसायीहरुसँग व्यवस्थापकीय सहकार्य गरेर सेवा विस्तार गर्दै आएको छ।
सिद्धार्थ ग्रुपले व्यवस्थापकीय साझेदारी गरेर शाखा बिस्तार गरेको यो तेस्रो शाखा हो। निकट भविष्यमै कपिलवस्तुको चन्द्रौटामा पनि शाखा बिस्तार गर्ने तयारी गरिरहेको छ।
सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने काठमाडौंको बौद्धमा केही दिनमै चारतारे होटेल सञ्चालनमा ल्याउँदै छ। त्यसै गरी भैरहवामा ठुलो लगानीमा पाच तारे होटल निर्माण गरि रहेको छ।
सिद्धार्थ ग्रुपले हेटाैँडामा सेवा बिस्तार गरेसँगै हेटौँडाको पर्यटन प्रबद्र्धनमा समेत योगदान पुर्याउने लक्ष्य राखेको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए।
हैटौँडाको शहिद स्मारक पार्क, मकवानपुरगढी, शालक पार्क, चिसापानी गढी, गुम्बा डाडा, भैरबडाडा भ्यु टावर, चुरे स्थित दक्षिण एशियाकै पहिलो सुरुङ मार्ग र पर्सा राष्ट्रिय निकुन्ज, स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि आकर्षणका केन्द्रहरु हुन्।
त्यसैगरी हेटौँडा धार्मिक पर्यटकहरुका लागि पनि आकर्षक गन्तब्य हो। हेटौँडा क्षेत्रमा वनशखण्डी मन्दिर भुटनदेवि माई मन्दिर, चुरियामाई मन्दिर, पाथीभरा माता, मन्दिर त्रिवेणी धाम लगायतका प्रसिद्ध धार्मिक स्थलहरु छन्।

प्रतिक्रिया